भगवान बनेर आयो कांग्रेस, राजिव शाहसँग कम्युनिष्टहरू ‘फायर’
जाजरकोट । जाजरकोट जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधी सभाका उम्मेदवार राजिवविक्रम शाहले रक्तश्रावबाट पीडित चन्द्रादेवी रोका मगरलाई उपचारका लागि उद्धार गरेर ज्यान बचाइदिएका छन् ।
कुशेगाउपालिका ८, रिजापहाडाकी ३० वर्षीया रोकालाई शाहले हेलिकप्टर मगाएर नेपालगञ्ज उपचारका लागि पठाएका हुन् । शाहका कारण सुत्केरी रोकाको ज्यान बचेको छ । रोकालाई १८ घण्टासम्मको लगातार रक्तश्राव भएको थियो ।
सुत्केरी रोका ९ दिनअघि दुर्गम गाउँ रिजापहाडास्थित घरमै असुरक्षित रुपमा बच्चा जन्माएकी थिइन् । कांग्रेसका उम्मेदवार शाह रोकाका लागि भगवान बनेको आफन्तले बताएका छन् ।
कांग्रेसका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।
चुनावी अभियानको क्रममा रिजापहाडादेखि २५ कोश टाढाको जुनीचादे गाउँपालिकामा रहेका शाहलाई फोनमार्फत सुत्केरी रोकाको उच्च रक्तश्रावबाट ज्यान जान लागेको खबर गरिएको थियो । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने बस्नेतले बताए ।
जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरूको टोली ल्याएर कांग्रेसका नेता शाह आफै गाउँ–गाउँमा पुगेर सर्वसाधारणको उपचार गरेका थिए ।
शाहले २०७१ मंसिर र २०७३ फागुनमा भएको बस दुर्घटनामा घाइते भएकाहरूलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गराएका थिए ।
गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा बेला–बेलामा जाजरकोटी जनताले धेरै दुःख पाएको भन्दै सांसद शाहले व्यक्तिगत ५ करोड रुपियाँको लगानीमा कुमारी ट्रस्टमार्फत २५ शैयाको अस्पताल निर्माण सुरु गरेका छन् ।
छेडागाड नगरपालिका ५ थलबजारमा निर्माण हुन लागको अस्पतालबाट जाजरकोटी जनताले सेवा लिन सहजा हुने शाहको विश्वास छ । यो अस्पताल निर्माण भएमा जटिल प्रकारका अप्रेशनदेखि सामान्य रोगको उपचार सेवा पाउने विश्वास छ ।
यसैबीच, नेपाली कांग्रेस जाजरकोटबाट प्रतिनिधी सभाको उम्मेदवार बनेका शाहले सुत्केरीको ज्यान बचाएपछि एमाले र माओवादी केन्द्रले त्यसलाई राजनीतिकरण गर्ने प्रयास गरेका छन् ।
उनीहरूले निर्वाचनमा हेलिकप्टर ल्याएर सुत्केरीको ज्यान बचाएर मतदातालाई प्रभावित बनाएको भन्दै आक्रोश जनाएका हुन् ।
राजिब जि को भुमिका नेताको जस्तो नभयर अभिभावक को जस्तो छ ,उहाले जाजरकोट जाजरकोटि जनता प्रती देखायको प्रेम सरानिय छ ,चुनाब को कुरा भन्दा पनि समग्र ब्याबहार प्रसम्सा योग्य छ
राजिब शाहा इम्मन्दार नेता र समाज सेवा गर्ने जाजरकोटी जनता लाइ आबश्यक छ
कम्नियुष्टहरु हत्यारा हुन त्यसैले फायर भए हाेला।राजिब दाइ तपाईं अाफ्नाे कार्यलाई अगाडि बढाउदै जानुस।सेवा नै धर्म हाे। सेवा गरे अवश्य मेवा मिल्छ।