दङ्गालीलाई लाग्यो झट्का, यी हुन् अस्थायी मुकाम हुन नदिने बाधक नेताहरू

काठमाडौं । सरकारले दवाव र पावरका आधारमा प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ ।

अहिले केही समयपछि बस्न लागेको मन्त्रिपरिषद बैठकले विभिन्न स्थानलाई अस्थायी मुकाम तोक्न लागेको हो ।

दाङ प्रादेशिक राजधानी माग गरेर आन्दोलन चलिरहेका बेला सरकारले बुटललाई अस्थायी मुकामका रुपमा विवादस्पद प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ ।

स्रोतका अनुसार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिव प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री दीपक बोहरासहितका नेताहरूले ५ नं। प्रदेशको अस्थायी मुकाम बुटवललाई तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिएका छन् ।

दाङलाई कुनै पनि हालतमा अस्थायी मुकाम नबनाउन उनीहरूको दवाव छ । बुटवल कि दाङ अस्थायी मुकाम बनाउने विषयमा विवाद रहँदै आएको छ ।

स्रोतका अनुसार सरकारले विराटनगर, जनकपुर, ललितपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीलाई अस्थायी मुकाम तोक्ने तयारी गरेको हो ।

Published : Wednesday, 2018 January 17, 9:48 am

1 प्रतिकृया प्राप्त “दङ्गालीलाई लाग्यो झट्का, यी हुन् अस्थायी मुकाम हुन नदिने बाधक नेताहरू”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया