ओली भेट्न लुखुरलुखर निवास पुगे ‘प्रचण्ड’

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा शुक्रबार दुई नेताहरूबीच वार्ता भएको दाहालका प्रेस संयोजक मनहरि तिमिल्सेनाले जानकारी दिए ।

दुई नेताहरूले शनिबार थप छलफल गरेर आइतबार एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेका छन् ।

स्वास्थ्य परीक्षणका लागि हप्ता दिनसम्म थाइल्यान्ड बसेका ओली बिहीबार स्वदेश फर्किएका थिए ।

आइतबार केन्द्रीय संयोजक समितिको बैठक बोलाउने सहमति पनि ओली र दाहालले गरेका छन् ।

Published : Friday, 2018 January 19, 6:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया