यी हुन् कांग्रेसका हिम्मत भएका नेता, देउवा नै आपत्तिए

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।
सिंहले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै चुनावमा कांग्रेसले हार्नुको प्रमुख जिम्मेवारी सभापति लिनुपर्ने र राजीनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका हुन् ।

तपाईको नेतृत्व असफल भएको छ, समानुपातिकको भोट देखाएर उम्किन पाउनुहुन्न भनेर सिंहले देउवालाई दबाब दिएका थिए ।
देउवा लगायत उनका पक्षधरहरूले समानुपातिकमा कांग्रेसको मत नघटेको उदाहरण दिदै प्रत्यक्षतर्फ हार्नुको कारण व्यक्तिगत रुपमा हारेका नेताहरूले नै लिनुपर्ने तर्क गर्दै आएका छन् ।

सिंहले भने हारेका नेतालाई व्यक्तिगत रुपमा जिम्मेवार बनाएर सभापति उम्कन नमिल्ने बताएका छन् । सिंहले अनुशासन कारबाहीको धम्की नदिन पनि देउवालाई चेतावनी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २–४ जना नेतालाई लिएर हिँडेको आरोपसमेत लगाए । सुजाता कोइरालाबाहेक अरुलाई समानुपातिकमा नदोर्होयाउने केन्द्रीय कार्यसमितिको निर्णय भएपनि त्यसलाई उल्लंघन गरेको उनको आरोप छ ।

‘पार्टी बैठकमा, बाहिर कस्तो बोल्यो भनेर अनुशासनको कारबाहीको डर धम्की दिने काम नगर्नुहोला’, उनले भनेका छन्, ‘हामी पनि पञ्चायती व्यवस्थाविरुद्ध लडेका हौं । तपाईदेखि डराउने कुनै छैन ।’

कांग्रेसका नेता डा.शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरे । रामचन्द्र पौडेल पक्षीय नेताहरूले विधान विपरित भएको भन्दै संसदीय समिति भंग गर्न माग गरेका छन् ।

Published : Saturday, 2018 January 20, 8:05 am

7 प्रतिकृया प्राप्त “यी हुन् कांग्रेसका हिम्मत भएका नेता, देउवा नै आपत्तिए”

  • सब भनदा पहिला प्रकाश मान सिंह ले राजीनामा दिनुपर्छ ।के उ केन्द्रिय सदस्य हैन?के उसको कुनै पदिय जिम्मेवारी छैनन् ।झिनोमत ले जितेकोछ।हारेको भय अझै ले पाे गरने थियो।पाटि सभापति माथि मात्र एकोहोरो दोसारोहन गरनु उचित छैन। सम्पुर्ण कार्य समिति ले यस्को दोष र जिम्मेवारी लेनु पर्छ ।जय नेपाल !

    • 1 number ma party savapati. 2 number ma Sashank koirala 3 number ma ticket baadne samiti ka sadashya haru..4 number haami jasta NC ka anusaashan hin, padbhogi karya karta haru. Ekpatak Gagan jattikai aakshyam Yuvalai savapati banayaera mahanta dekhaunu hos agraj neta haru. Kina bhane aba ka yuva haru gulam huna jandainan.kina ki party ko jeet ra haar ma Savapati lai nai credit jancha.. Ganesh man jastai tyagi, bhayera dekhaunu hos. BP jastai durdarshi hunuhos, desh ra kaaryakartalai santati bhanda ni badhi Maya garnu hos. Ani bancha feri 1 number party

  • देउवजी मात्र किन ? उम्मेदवार छनाेट समितिकाे पुरै टिम जजस्ले उम्मेद्वार सिफारिस गरे ती सबैकाे नैतिक जिम्मेवारी हुन्छ तसर्थ तिनिहरुले पनि राजिनामा दिदा हुन्छ ।
    मेराे भन्नू छ कि जुन निर्बाचन क्षेत्रकाे उम्मेदवार हुने हाे तेहिकाे क्षेत्रिय समितिले नै ताेक्ने हाे भने परिणाम धेरै हदसम्म सकारात्मक अाउने छ

  • दोषी देउवा र आरजु नै हुन। यिनीहरू ले आफ्नो
    स्वार्थी भावनाले काङ्ग्रेसको धज्जी उडाए।
    काङ्ग्रेसले यिनीहरू लाइ तेसै छोड्नु हुदैन।
    जय नेपाल।

  • पार्टीको एमान्दार,त्यागी,राज्नैतिक निष्ठा भयेको लाई प्राथमिकता मा हुनुपर्छ नकि पहुचको भरमा र आफन्त वाद,नाता ,कृपा ले पार्टी नेतृत्व चल्नु को कारणले आज यो अबस्था मा पुर्याइयो ,नेता ज्यु ?

  • नैतिकहिन सिद्धान्तहिन आफै सर्वसर्वा ठान्ने शेर बहादुर नै दोषि।

  • कांग्रेस हार्नै पर्ने हो हार्यो ठिक छ अब केहि हद सम्म एेसेसम्मको अस्थिर राजनिति अत्य र देश समृद्धि तर्फ जान र लैजान सकेनन भने ऐलेको गठबन्धनलाई पनि धुलो चटाई पारीदिने छन कांग्रेस ले मौका नपाएको हैन सदुपयोग गर्न नजानेको हो अब मौका गठवन्धनले पाएको छ ,,, सदुपयोग गर्ने नगर्ने उसैको कुरो हो सहि सदुपयोग गरेमा कांग्रेस को बिउ खोज्नु पर्ने हुन्छ ,,, आखीरमा जनतालाई चाहिएको संबृद्द नेपाल हो ,,,, धन्य शेर बहादूर आफ्नो चुनाबि सभामा प्रतिपक्ष को प्रचार गरी खुट्टामा बन्चरोनै हानेको मा ,,,

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया