सपथ लिन आएनन् गुण्डा नाइके मनाङ्गे

काठमाडौं । फौजदारी अभियोगमा दोषी ठहरिएका मनाङबाट प्रदेशसभा ‘ख’मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङ्गे प्रदेशसभा सदस्यको शपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।

एमालेको समर्थनमा मनाङ्गेले प्रदेश सभामा जितेका थिए । राप्रपा छाडेर एमालेमा प्रवेश गरेका मनाङ्गेलाई जिताउन एमालेका शीर्ष नेताहरू नै सक्रिय रहेका थिए ।

पुनरावेदन अदालत पाटनको आदेशले फौजदारी मुद्दामा दोषी रहेको तथ्य केही दिनअघि सार्वजनिक भएपछि मनाङे भने फरार हुन् ।

प्रदेश ४ का सांसद्को पद तथा गोपनीयताको शपथ कार्यक्रम पोखरामा आइतबार सम्पन्न भइसकेको छ । सवै सांसदले सपथ लिए पनि मनाङ्गे उपस्थित नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अशोक सिहंले बताए । दीपक मनाङ्गे प्रहरीको फरार सूचीमा छन् ।

अदालतको फैसलापछि मनाङ्गे संविधानको धारा १७८ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएका छन् । उनलाई कर्तव्य ज्यान मुद्दामा २०६९ सालमा पुनरावेदन अदालत पाटनले दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङ्गेको फैसला अन्तिम अवस्थामा छ । पुनरावेदनको म्याद समेत गुजारेका छन् ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङेलाई प्रहरीले खोजी गरिरहेको छ । प्रदेशसभा सांसद बनेका मनाङ्गे भने प्रहरीले समात्ने भएपछि गत मंगलबारदेखि फरार छन् ।

Published : Sunday, 2018 January 21, 12:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया