पोखरेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो, पौडेलले राखे सिधै प्रस्ताव

काठमाडौं । एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई प्रदेश ५ को संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको छ ।

शपथग्रहणपछि बसेको ५ नं. प्रदेश सदस्यहरूको बैठकले पोखरेललाई संसदीय दलको नेतामा पठाउने प्रस्ताव पारित गरेको हो ।

यसअघि एमालेले प्रदेश ५ को मुख्यमन्त्रीका लागि पोखरेललाई अघि सारेको छ । एमालेका उपमहासचिव विष्णु पौडेलकै प्रस्तावमा पोखरेललाई संसदीय दलको नेतामा प्रस्ताव गरेको जनाइएको छ ।

प्रदेशमा संसदीय दलको नेता को हुने भन्ने विषयको निर्णय भने सोमबार बस्ने एमाले स्थायी समितिले गर्ने एमालेका पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

Published : Sunday, 2018 January 21, 6:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया