ओलीको आडमा मोष्ट वान्टेड सिलवालले फेरि दिए ‘छन्नभाँती’ प्रतिक्रिया

काठमाडौं । मोष्ट वान्टेड नेपाल प्रहरीका तत्कालीन डिआईजी नवराज सिलवालले राज्यलाई चुनौती दिँदै विभिन्न आक्षेपहरू लगाइ रहेका छन् ।

अज्ञातस्थलमा लुकेर बसेका सिलवालले प्रहरी सक्षम आत्म समर्पण गरेर अनुसन्धानमा सहयोग गर्नुको साटो सामाजिक सञ्जालमा सक्रिय भएर छन्नभाँती आरोपहरू लगाइ रहेका छन् ।

आर्इजीपी बढुवासम्वन्धी कार्यसम्पादन मूल्यांकन कीर्ते अभियोग सर्वोच्च अदालतले अनुसन्धान गरेर कारबाही गर्न सरकारलाई आदेश दिएको थियो । प्रहरीको फरार सूचीमा एमाले सांसद समेत रहेका पूर्व डिआइजी सलवालले आफूविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस अर्थात रेडकर्नर नोटिस जारी गरेकोमा नेपालमा निरंकुश शासन कायमै रहेको प्रतिक्रिया दिएका छन् ।

सिलवालले सामाजिक सञ्जाल ट्विटरमा कानून र शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसके पनि अझै निरंकुश शासन शैली कायमै रहेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन् । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ ।’

आइतबार नेपाल प्रहरीको सिफारिसमा सिलवाललार्इ खोजी गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । डिफ्युजन नोटिसपछि अभियुक्तलार्इ सलवाललार्इ जुनसुकै मुलुकका प्रहरीले पूर्व पक्राउ गर्न सक्छन् । नेपालमा अपराध गरेर विदेश भागेका अपराधिलार्इ पक्राउ गर्नको लागि यो नोटिस इन्टरपोलले जारी गर्ने गरेको छ ।

आफू निर्दोश रहेको दावी गर्दै आएका पूर्व डिआईजी सिलवालले प्रहरीलाई अनुसन्धानमा असहयोग गर्दै आएका छन् । बाम गठबन्धनको सरकारले आफूलाई बचाउने भन्दै शक्तिको आडमा सिलवाल लुकेर बसेको स्रोतले जनाएको छ ।

आफू निकटका केही व्यक्तिलाई सिलवालले केपी ओलीको निर्देशनमा लुकेर बसेको प्रतिक्रिया दिँदै आएका छन् । स्रोतका अनुसार सिलवाल नेपाल भित्रै लुकेर बसेको आरोप छ ।

तर, कतिपयका अनुसार सिलवाल भारत हुँदै अमेरिका पुगेको बताउन थालेका छन् । जे होस् सिलवाल कहाँ छन् भनेर पत्ता लगाउन ठूलो कुरो होइन । उनले चलाइ रहेको सामाजिक सञ्जाल ट्वीटरको आईपी एड्रेस खोज्ने हो भने उनको लोकेशन पत्ता लाग्न छन् । सिलवाललाई बचाउन नेपाल प्रहरीभित्रै एकथरी समूह सक्रिय रहेको स्रोतका आरोप छ ।

Published : Tuesday, 2018 January 23, 7:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया