पूर्व युवराज्ञी हिमानी गोरखा प्रस्थान
काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह आफ्ना सहयोगीहरूसहित गोरखा प्रस्थान गरेकी छन् । गोरखाको पालुङ्टारस्थित भवानी उच्च माविको भवन निरीक्षणका लागि हिमानी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
सो उच्च माविको भवन जापानी संस्था जोडुशु र हिमानी ट्रष्टले गरेको ३ करोडको सहयोगमा निर्माण हुँदैछ । हिमानी ट्रष्टकी सचिव श्री मल्ललगायत कार्यसमितिका सदस्यहरू मनुजा शाह, अदिति सिंह, सिर्जना ओली सहित उनी त्यसतर्फ लागेकी हुन् ।
हिमानी शुक्रबार तनहुँस्थित मोटेल डु मुग्लिनमा बस्नेछिन् । यो होटल त्रिशुली र मर्स्याङ्दीको संगमस्थल रहेको मुग्लिनभन्दा ठीक पारिपट्टि छ । दुई वर्षअघि पनि पूर्व राजा ज्ञानेन्द्र पूर्व राजपरिवारले रात बिताएको थियो ।
दिउँसो विद्यालयको निरीक्षणपछि बेलुकी फेरि मुग्लिनमै आएर बास बस्ने र आइतबार काठमाडौं फर्कने उनको योजना रहेको स्रोतले जनाएको छ ।
यसमा तपाइको मत