माओवादीका केन्द्रीय सदस्यले दिए आफ्नै दुई सांसदलाई ‘दनक’

बागलुङ । झुठा आश्वासन दिएको भनेर माओवादी केन्द्रका सांसद एवम् प्रभावशाली नेता देवेन्द्र पौडेललाई आफ्नै दलका नेता तथा कार्यकर्ताले कुटपिट गरेका छन् ।

बागलुङ जिल्लाको बुतिबाङस्थित एक होटेलमा बिहीबार राति पौडेलसहित तीनजनामाथि आफ्नै नेता तथा कार्यकर्ताले आक्रमण गरेका हुन् ।

बागलुङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद पौडेलले झुठा आश्वासन दिएको आरोप स्थानीय नेता तथा कार्यकर्ताहरूको छ ।

ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका केन्द्रीय सदस्य तुलसीराम अर्यालले नेता पौडेल र बागलुङ २ प्रदेश सभा ‘ख’ का सांसद टेकबहादुर घर्ती मगरलाई कुटपिट गरेको प्रत्यक्षदर्शी एक नेताले बताए । सांसदद्वय पौडेल र घर्तीलाई कुटपिट गर्ने क्रममा छेक्न आएका पौडेलका अंगरक्षकले समेत कुटाइ खाएका छन् ।

केन्द्रीय सदस्य अर्याललाई पार्टीले पटक–पटक झुठा आश्वासन दिंदै आएको भन्दै उनले कुटपिट गरेको स्वीकार गरेका छन् । ‘चुनावका बेला दीनानाथ शर्माहरूले के भनेका थिए ? अहिले क्षेत्र खाली छ । म आफ्नो स्वाभिमानमा छु । यो कुटाइ हामीलाई दास बनाउँदाको अभिव्यक्ति हो’, केन्द्रीय सदस्य अर्यालले बताए ।

२०७० को संविधानसभा सदस्य निर्वाचनमा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए ।

Published : Friday, 2018 January 26, 7:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया