शंकर पोखरेलको मुख्यमन्त्री जोगियो, ब्याक भयो माओवादी

काठमाडौं । प्रदेश सरकार गठनबारे बसेको नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलको बैठक सकिएको छ ।

बैठकले मुख्यमन्त्रीमा बाँडफाँड टुंगोमा पुर्‍याएको छ । माओवादीको भागमा प्रदेश ६ र ७ र एमालेको भागमा प्रदेश १, ३, ४ र ५ परेको कार्यदलका सदस्य तथा एमाले नेता सुबास नेम्बाङले जानकारी दिए ।

मुख्यमन्त्री को बन्ने विषयमा भने सम्बन्धित प्रदेश र पार्टीले निर्धारण गर्नेछ ।

यसैगरी सभामुखको भागभण्डा पनि टुंगो लागेको छ। एमालेले १,३,६ र ७ सभामुख पाउने र माओवादीले ४ र ५ मा सभामुख पाउने भएको छ ।

त्यसैगरी एमालेले प्रदेश ४ र ५ मा उपसभामुख पाउने र १,३,६ र ७ मा माओवादीले उपसभामुख पाउने निर्णय बैठकले गरेको छ ।

प्रदेश सरकार गठन गर्दा कम सांसद रहेको प्रदेशमा ७ जनासम्म मन्त्री हुने र बढी सांसद रहेको प्रदेशमा ११ जनासम्म मन्त्री सिफारिस हुने बैठकले निर्णय गरेको छ।

मन्त्री भागभण्डामा एमालेले ७० प्रतिशत र माओवादीले ३० प्रतिशत पाउने भएको छ । मन्त्रीको वरियता पनि यही आधारमा तय गरिने भएको छ ।

Published : Sunday, 2018 January 28, 10:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया