ओलीको राष्ट्रवादमाथि विश्वप्रकाशको ट्वीटले एमालेमा हँगामा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भेटलाई लिएर ओलीप्रति कटाक्ष गरेका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल ट्वीटमार्फत शर्माले ओलीमाथि कटाक्ष गर्दै राष्ट्रवादको घुम्टोबाट माउसुलीको अवतार उदाउन लागेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘उग्र रास्ट्रवादको घुम्टो भित्रबाट क्रमशः माउसुली अवतार उदाउँदै छ भनी हाल्दिन म ! तर भोटको रोटी सेकिसकेर ‘तावा’ त गजबले सेलाइसकेछ नि महोदय ?’

प्रवक्ता शर्माले कांग्रेसले यस्तो भेट गरेको भएको ओलीले कुनै प्रकारले आलोचना गर्ने आशयका साथ लेखेका छन्,
‘कांग्रेसले त्यसो त्यसो गरेको भए, कसो कसो भनिझसक्नुहुन्थ्यो होला नि ओली ज्यू ?’

Published : Friday, 2018 February 2, 9:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया