शंकर पोखरेलले बनाए पत्नीलाई सांसद

काठमाडौं । नेकपा (एमाले)को समानुपातिक सूचीमा दाङ जिल्लाबाट चारजना महिलाले अवसर पाएका छन् ।

यसरी अवसर पाउने महिलाहरूमा सुजित शाक्य, विष्णु शर्मा, शान्ता चौधरी र गंगा चौधरी सत्गौँवा रहेका छन् ।

सुजिता शाक्य एमाले नेता शंकर पोखरलेकी पत्नी हुन् । उनलाई सात नम्बरमा राखेर सांसद बनाएको छ ।

पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकबाट सांसद बनेकी शान्ता चौधरीले पनि यस पटक समानुपातिकबाटै अवसर पाएकी छिन् । दोस्रो संविधान सभा निर्वाचनमा चौधरी कांग्रेसका राजु खनालसँग नराम्रोसँग पराजित भएकी थिइन् । उनी एमालेको बैकल्पिक केन्द्रीय सदस्य हुन् ।

विष्णु शर्मा एमालेका नेता नेत्रलाल अभागीकी पत्नी हुन् । शर्माले लामो समयपछि अवसर पाएकी हुन् । गंगा चौधरी (सत्गौवा) पूर्व सांसद हुन् । उनी नयाँ शक्ति पार्टी नेपालबाट निर्वाचनभन्दा केही समय अगाडि मात्रै एमालेमा प्रवेश गरेकी हुन् ।

Published : Sunday, 2018 February 11, 6:05 pm

1 प्रतिकृया प्राप्त “शंकर पोखरेलले बनाए पत्नीलाई सांसद”

  • kukur ko kaam yastai tw hunxa ni position ko lagi capatial satne daka ma bides ma xu ghar aay vane sankar thiyo re vanni hunxa

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया