‘संघीय संरचनामा शिक्षा’बारे काठमाडौंमा अन्तर्राष्ट्रिय संमेलन हुँदै

लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्ने भएको छ ।

फोरमले आगामी साता ९२३ (२४ फेब्रुअरीमा) काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विद्वानहरु बोलाइ उनीहरुका देशको अनुभवबाटनेपालले पनि फाइदा लिन सकोस् भन्ने अभिप्रायले एक अन्तरक्रिया गर्ने भएको छ ।

नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशका ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्चशिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तर्राष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरतप्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा. पदम सिम्खडाले नेतृत्व 
गर्ने भएका छन् ।

प्राध्यापक आचार्यले संयोजन गर्ने उक्त विशेष अन्तरक्रियामा सहभागी हुन संसारका विभिन्न देशका अनुभवी प्राज्ञहरुलाई फोरमले आमन्त्रण गरेको छ ।

उक्त फोरमका संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्दैछन् ।

त्यसैगरि, फोरमकाकार्यकारी सदस्यहरु अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा. अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।

बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा। सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्ष अघि स्थापित फोरमले विभिन्न प्रकारका प्राज्ञिक कार्यक्रम गरि नेपालको नीतिनिर्माणमा सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

गत असार महिनामा ग्लोबल पोलिसी फोरम फर नेपालले बेलायतको लिभरपुलस्थित जोन मुअर्स विश्वविद्यालयमा “नेपालको संविधान कार्यान्वयनका चुनौतीहरु” विषयक सम्मेलन आयोजना गरेको थियो ।

सो संमेलनमा नेपाल, ब्रिटेन, संयुक्त राज्य अमेरिका, फ्रान्स, स्वीडेन लगायतका मुलुकका प्राज्ञ, चिकित्सक, व्यवसायी, पेशाकर्मी, विद्यार्थी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Published : Sunday, 2018 February 11, 5:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया