यी हुन् संघीय फोरम र राजपाका समानुपातिक सांसद

काठमाडौं, २९ माघ । संघीय समाजवादी फोमर नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले पनि समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा बुझाएका छन् ।

संघीय फोरमले बुझाएको सूचीमा राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणु यादव, कालुदेवी विश्वकर्मा, रुही नाज र रेणुका गुरुङको नाम रहेको छ । सह–अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार पार्टीले निर्णय गरेपछि तोकिएको समयभित्र निर्वाचन आयोगमा समानुपातिक सांसदहरूको सूची बझाइएको हो ।

त्यसैगरी राजपा नेपालले पनि छ जना समानुपातिक सांसदको नाम बुझाएको छ ।

राजपाले चन्दा चौधरी, रानी मण्डल, दुलारी देवी खंग, रेणु शर्मा, अमृता अग्रहरी र निर्जला राउतको नाम आयोगमा बुझाएको हो ।

Published : Monday, 2018 February 12, 9:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया