एमालेको अहंकार विरुद्ध माओवादी युवाको गोप्य भेला

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया जारी रहेका बेला माओवादी निकट आठ जनवर्गीय संगठन तथा युवा नेताहरूले गोप्य छलफल गरेका छन् ।

माओवादी युवा तथा जबसका नेताले शुक्रबार राजधानीमा वैचारिक तथा सांगठनिक विषयमा गोप्य छलफल गरेका हुन् । एमालेले पार्टी एकीकरण र सरकार गठनमा देखाएको अहंकार विरुद्ध कसरी सक्रिय हुने भनेर छलफल भएको जनाइएको छ ।

पार्टी सचिवालय सदस्य समेत रहेका युवा नेता लेखनाथ न्यौपानेले पार्टी एकतालाई सही निष्कर्षमा पु-याउन मूल नेतृत्वलाई सहयोग गर्ने उद्देश्यले छलफल सुरु गरिएको बताए ।

यसअघि बसेको भेलाले विभिन्न पाँच विषय भाग लगाउँदै प्रतिवेदनका लागि पाँच नेतालाई जिम्मेवारी दिएको थियो ।

भेलाले विचार सिद्धान्त, संगठन, एमालेसँग मिलेका र नमिलेका राजनीतिक विषय, अबको समाजवाद कस्तो हुने र वाम सरकारले गर्दा राम्रो हुन्छ भन्ने विषय छुट्याएकोमा शुक्रबार वैचारिक र राजनीतिक विषयमा न्यौपाने र अर्का युवा नेता युवराज चौलागाईंले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भेलाले प्रतिवेदन तयार गरेर नेतृत्वसँग छलफल गर्ने र पार्टी एकतालाई सहयोग पु¥याउने निर्णय समेत गरेको एक नेताले बताए ।

Published : Sunday, 2018 February 18, 10:47 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया