कांग्रेसबाट यी हुन् प्रदेश ५ मा दलको नेताका दावेदार

बुटवल । नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलको नेता चयनका लागि फागुन १४ गते निर्वाचन हुने भएको छ । सहमतिमा दलको नेता छनोटको प्रयास असफल भएपछि निर्वाचनबाट नेता चयन हुन लागेको हो ।

संसदीय दलको नेतामा आकांक्षी धेरै भएपछि निर्वाचनबाटै नेतृत्व चयन हुन लागेको निर्वाचन समिति संयोजक डा.बुद्धबहादुर थापाले बताए ।

थापाका अनुसार प्रदेश संसदीय दलको नेताको लागि ५ जनाको उम्मेदवारी परेको छ । डिल्लीबहादुर चौधरी, बलदेव शर्मा पोखरेल, वीरेन्द्रकुमार कनौडिया, वीर बहादुर राना र फकरुद्धिन खानको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

१४ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि ६ बजेसम्म मतदान हुनेछ ।

Published : Monday, 2018 February 19, 11:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया