राष्ट्रपतिद्वारा राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीनजनालाई राष्ट्रिय सभा सदस्यमा मनोनय गरेकी छिन् ।

मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सिफारिस गरेको थियो ।

शेरबहादुर देउवा सरकारले सिफारिस गरेका तीनजनाको नामलाई फिर्ता गरेर प्रधानमन्त्री केपी ओलीले आजै बिहान नयाँ नाम सिफारिस गरेका थिए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ (ख) अनुसार खतिवडा, बिडारी र पौडेललाई राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेकी हुन् ।

Published : Tuesday, 2018 February 20, 11:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया