सरकारमा सहभागिताबारे फोरमले राख्यो एमालेसँग सर्त

काठमाडौं । सत्तारुढ एमाले र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागिताका विषयमा छलफल भएको छ ।

एमालेका अध्यक्ष केपी ओली र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच फागुन ७ गते पनि सरकारमा सहभागी हुनेबारेमा छलफल भएको थियो ।

छलफलमा फोरम नेपालले सरकारमा सहभागी गराउनुभन्दा सविधान संशोधनको विषयमा स्पष्ट पार्नुपर्ने भनेको थिए । बुधबारको छलफलमा पनि फोरमका नेताहरुले संविधान संशोधनमा तयार हुन एमालेका नेताहरुलाई आग्रह गरेका छन् ।

जवाफमा एमालेका नेताहरुले एमाले पार्टीले संशोधनको विरोध कहिल्यै नगरेको दाबी गर्दै नियोजित ढंगबाट विरोधी देखाइएको बताएका थिए । उनीहरुले समय र आवश्यकता अनुसार आफूहरु सविधान संशोधन गर्न तयार रहेको बताएको एक नेताले बताए ।

एमालेका सचिव प्रदीप ज्ञवालीले फोरम नेपाल सरकारमा आउन सकारात्मक देखिएको तर सविधान संशोधनलाई मुख्य माग बनाएको बताए ।

छलफलमा एमालेका तर्फबाट नेता सुवास नेम्वाङ्ग र प्रदीप ज्ञवाली थिए भने फोरम नेपालका तर्फबाट वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव थिए ।

Published : Wednesday, 2018 February 21, 5:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया