सात बुँदाले ‘प्रचण्ड’ सुरक्षित, अरु सबै असुरक्षित

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच भएको सात बुँदे सहमति पत्रलाई लिएर दोस्रो तहका नेताहरूभित्र चरम असन्तुष्टि सुरु भएको छ ।

विशेष गरेर माओवादीका दोस्रो तहका नेताहरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले एमालेले दवावमा सात बुँदे सहमति गरायो भनेर टिप्पणी गरेका छन् ।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले पनि सात बुँदे सहमतिको विरोध गरेका छन् । उनले भनेका छन्,‘सात बुँदे सहमतिको पहलो हरफमा नै जनयुद्ध र माओवाद उल्लेख भएको भए राम्रो हुने थियो । यस विषयमा आगामी दिनमा निश्चय पनि छलफल हुनेछ ।’ माओवादी नेता शर्माले एमालेसँग भएको पार्टी एकीकरणलाई असमानताको कडीका रुपमा लिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ले आफ्नो मात्रै राजनीति हेरेर सात बुँदे सहमति गरेको आरोप छ । सात बुँदे सहमतिमा माओवादीले उठाएका कुनै पनि विषय जोडदार रुपमा राखिएका छैनन् ।

राजनीतिक कार्यदिशा पनि एमालेको जनताको बहुदलीय जनवादलाई तत्कालका लागि अंगिकार गर्ने उल्लेख छ । माओवादीको माओवादी र एक्काइसौँ शताव्दीको सहमति पत्रमा उल्लेख छैन । तर जबजले महत्वपूर्ण स्थान पाएको छ ।

एमालेका स्थायी समिति सदस्य एवम् प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले एमालेले जबजलाई नछाडेको बताएका छन् । उनले माओवादीले नमानेकाले जबजलाई छलफलका लागि मात्रै लगिएको बताए ।

(यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2018 February 22, 7:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया