माओवादी नेतृ खड्का बेहोस, अस्पताल भर्ना

काठमाडौं । माओवादी केन्द्रकी नेतृ समेत रहेकी पूर्वराज्यमन्त्री देवी खड्का बेहोस भएकी छिन् । बेहोस भएपछि खड्कालाई अस्पताल भर्ना गरिएको छ ।

खड्का घरमै रहेका बेला आइतबार साँझ ५ बजे अचानक बेहोस भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको सांसद विशाल खड्काले बताए ।

माओवादीको दोलखा जिल्ला इन्चार्जसमेत रहेकी खड्काको नर्भिक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको चिकित्सकले बताएका छन् ।

पहिलो संविधानसभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित खड्कामा लामो समयदेखि टाउकोसम्बन्धी समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

Published : Sunday, 2018 February 25, 8:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया