राप्ती समितिको अधिवेशन फागुन अन्तिम साता, सुरु भयो तयारी

तुलसीपुर । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको अधिवेशन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उपसमितिहरू गठन भएका छन् ।

समितिको अधिवेशन यही फागुन २५ र २६ गते तुलसीपुरमा हुनेछ । समितिको सोमबार दाङमा बसेको बैठकले उपाध्यक्ष पुष्कर धितालको संयोजकत्वमा मूल समिति गठन गरेको छ ।

अधिवेशन तथा साधारण सभाको उद्घााटन यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले गर्ने समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।

राप्ती अञ्चलकै सबैभन्दा पुरानो समतिले हाल नेपाल लगायत भारतका बिभिन्न स्थानमा यातायात सेवा प्रदान गरिरहेको छ ।

बैठकमा सल्लाहकारहरू देवीबहादुर डिसी, बिष्णु पाण्डे, वरिष्ठ उपाध्यक्ष भरतनाथ योगी, उपाध्यक्ष पुस्कर धिताल, सचिव भरतराज श्रेष्ठ, कोषाध्यक्ष प्रवीणकुमार पुन लगायतकाले समितिका लागि नयाँ रुट आवश्यक रहेको भन्दै त्यसतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिएका थिए ।

Published : Monday, 2018 February 26, 5:59 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया