मन्त्री यादवले पहिलो दिन नै देखिए ‘अभद्र’ व्यवहार

काठमाडौं । माओवादी पार्टी छाडेर लामो समय बाहिर बसेर माओवादी केन्द्रमा प्रवेशसँसै अवसर पाएका मातृकाप्रसाद यादवले फेरि पनि मन्त्रालयमा बबण्डर मच्चाउने हुन् कि भनेर कर्मचारीहरू सशंकित हुन थालेका छन् ।

वन मन्त्री रहेका बेला कर्मचारीलाई ट्वाइलेटमा थुनेर विवादमा आएका यादवसँग कर्मचारीहरूले काम गर्न मान्दैनन् । माओवादीको तर्फबाट यादव दोस्रोपटक मन्त्री बनेका छन् । यादवले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

सोमबार माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई जना मन्त्रीले शपथ ग्रहण गर्दा यादवले मैथलीमा शपथ लिए । यादवले सोमबार वाणिज्य मन्त्रालयमा पदभार सम्हालेका छन् ।

मन्त्रीले शपथग्रहण गरी पदभार ग्रहण गर्दा पहिलो दिन नै एउटा निर्णय गर्ने परम्परा छ । तर, यादवले त्यो परम्परालाई तोडेका छन् । मन्त्री यादवको कार्य शैलीले प्रधानमन्त्री केपी ओलीलाई असहयोग भएको टिप्पणी हुन थालेको छ ।

शपथपछि राष्ट्रपति कार्यालय शीतल निवासबाट सिंहदरबारस्थित मन्त्रालय पुगेका यादवले पदभार ग्रहण गरे लगतै परम्परा अनुसार मन्त्रालयका सचिवहरूले निर्णयका लागि एउटा फाइल ल्याएका थिए । मन्त्री यादवले त्यस फाईलमा हस्ताक्षर गर्न मानेनन् ।

दुई सचिव र सहसचिवहरूको उपस्थितमा मन्त्री यादवले फाइल नपढेर सही नगर्ने अडान लिएका थिए । मन्त्री यादवलाई पदभार ग्रहण गरेको समयमा एउटा निर्णयमा हस्ताक्षर गर्नैपर्ने परम्परा रहेको सचिवहरूले सम्झाएका थिए । ढुवानी पारवहण सम्बन्धी एक फाइलमा सचिवहरूले हस्ताक्षर गर्न आग्रह गरेका थिए ।

सिराहाको दलित बस्तीका विषयमा तत्कालीन प्रधानमन्त्रीसँग विवाद हुँदा यादवले राजीनामा गरेका थिए । प्रधानमन्त्रीले दलित बस्ती हटाउन चाहेका थिए । यादवले दलित बस्ती बसाइ राख्न खोजेका थिए ।

यसै विषयमा कुरा नमिल्दा यादवले पार्टी छोडेर नेकपा (माओवादी) गठन गरेका थिए । केही वर्षसम्म पार्टी चलाएका यादव स्थानीय निकायको निर्वाचन ताका माओवादीसँग मिसिएका थिए ।

Published : Monday, 2018 February 26, 7:09 pm

8 प्रतिकृया प्राप्त “मन्त्री यादवले पहिलो दिन नै देखिए ‘अभद्र’ व्यवहार”

  • परम्परा लाइ मानेर मन्त्री ले सचिब को आज्ञा मानी फाइल न पढेरै हस्ताक्षर गर्नु पर्ने कस्तो परम्परा हो यो ? मूर्ख नेपाली ……”परम्परा”

    • je karnu bhayo tayo tikha garnu bhayo kinaki sadhai eutai parmapara hudaina ……na padi file signature garnu murkhata ho…. i like ..

  • News banaunda k ko hekka raklhnu parxa thaha na bhaka haru le garda nai sanchar jagat badnam bhairakho dherai janne haru

  • दुई सचिव र सहसचिवहरूको उपस्थितमा मन्त्री यादवले फाइल नपढेर सही नगर्ने अडान लिएका थिए । Is anything wrong in this?

  • मेरो विचारमा परम्परालाई कानुनमा गाभेर कसैसँग जबर्जस्ति जानकारी नै न गराइ अचानक आगाडि फाइल राखेर हस्ताक्षर गर्न भन्नू मेरो विचारमा एक किसिमको मुर्खता नै हो जस्तो लाग्छ । कानूनी तालमेल र दाउपेच मा फसाउन नेपालको कर्मचारी निकै आगाडि रहेको कुरा कसलाई थाहा न होला । त्यसैले मातृका ज्युले जे गर्नु भो त्यो उचित गर्नु भो । I Am Agree With Matrika jyu.

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया