फोरम र राजपाबीच खटपट, उपेन्द्रले दिए धम्की

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी नेपालसँग आफ्नो दलको कुनै गठबन्धन र सहकार्य नरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले प्रदेश नं. २ मा मात्रै चुनावी तालमेल भएको बताए ।

‘राजपासँग कुनै पनि सहकार्य र गठबन्धन भएको छैन’, उनले भने, ‘राजपा नेपालका नेताहरू अनुशासनहीन, उदण्ड र अराजक छन् । पहिला नै उनीहरूले गठबन्धन भत्काइ सकेका छन् ।’

राजपा नेपालभित्र जातिवाद, अहंता र घमण्डले बास गरेको अध्यक्ष यादवले आरोप लगाए ।

दुई नं. प्रदेशमा राजपासँग मिलेर सरकार बनाएको बताउँदै अध्यक्ष यादवले भने, ‘राजपाका नेताहरूले धेरै चुरीफुरी गर्छन् भने गठबन्धनमा पनि पुनर्विचार गर्नुपर्ने हुन्छ ।’

राजपा नेपालसँग संघीय फोरमको कुनै पनि राजनीतिक कार्यदिशा र नीति नमिल्ने उनले बताए ।

Published : Saturday, 2018 March 3, 12:12 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया