सिलवाल राज्यको संरक्षणमा, चौधरी अनशनमा

कैलाली । कैलाली जिल्लाको टीकापुर घटनाका मुख्य आरोपी रेशमलाल चौधरीसहित २४ जना बन्दी कारागारभित्रै अनशनमा बसेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निवार्चित चौधरीसहित टीकापुर घटनालगत्तै प्रहरी पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका २४ जना विभिन्न माग राख्दै आईतबार साँझदेखि अनशनमा बसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए ।

उनीहरूले प्रतिनिधि सभामा विजयी चौधरीलाई निवार्चित भएको प्रमाणपत्र दिइनुपर्ने, संसदमा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने लगायतका माग राखी अनशनमा बसेको प्रवक्ता बोहराले बताए ।

अनशनमा बसेका सबै बन्दी टीकापुर घटनाका आरोपित हुन् । झण्डै उस्तै प्रकारका आरोपी एवम् प्रहरीको फरार सूचीमा रहेका एमालेका सांसद समेत रहेका पूर्वडिआईजी नवराज सिलवाललाई सत्ताको आडमा आइतबार शपथ गराइएको छ ।

शपथ लिन सिलवाल एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गाडीमा चढेर संसद भवनमा पुगेका थिए । शपथसँग सांसदको लोगो लगाएर सिलवाल आफ्नै गाडी चढेर घर फर्किएका थिए ।

घटना भएको झण्डै ३० महिनापछि गएको १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका टीकापुर घटनाका मुख्य आरोपी चौधरी घटनालगत्तै फरार भएका थिए ।

कम्युनिष्ट सरकारले सिलवाल र चौधरीमाथि यति ठूलो विभेद गरेको भनेर आलोचना सुरु भएको छ ।

Published : Sunday, 2018 March 4, 11:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया