कम्युनिष्ट नेतालाई जन्मोत्सव मोह, बालुवाटारमा भव्य पाटी

काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले राजामहाराजाले जस्तै गरेर जन्मोत्सव मनाएको दुई हप्ताभित्रै एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालले पनि धुमधामले जन्मोत्सव मनाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ नेता नेपालको ६५औँ जन्मोत्सव मनाइएको हो । जन्मोत्सव मनाउन केकसहितका सामाग्री बालुवाटार भित्र्याइएको थियो ।

प्रधानमन्त्री ओलीले नेता नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गरेको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा ओलीले फूलको बुके प्रदान गरेर दीर्घायुको कामना गरेका थिए । ओलीले ‘वर्थ डे केक’खुवाएर नेपाललाई शुभकामना समेत दिएका छन् ।

Published : Tuesday, 2018 March 6, 7:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया