संसदलाई कानून बनाउने चुनौतीः महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले एक सय २० वटा कानून बनाउने चुनौती वर्तमान संसदलाई रहेको भन्दै प्राथमिकताका आधारमा काम गरिने बताएका छन् ।

संसद सचिवालय सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै सभामुख महराले कुनै विलम्व नगरी कानून बनाउने काममा अगाडि बढ्ने बताए ।

‘हामीले संविधान बनाइ सकेका छौँ’, उनले भने, ‘नयाँ संविधानलाई आधार बनाएर कानूनहरू बनाइनेछ । १ सय २० वटा कानूनमध्ये प्राथमिकताका आधारमा संसदले काम गर्छ ।’

प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेट गरेर संसदलाई विजनेश दिन आफूले आग्रह गरेको महराले जानकारी दिए । ‘संसद र सरकार कसरी अगाडि बढ्ने भन्नेबारेमा प्रधानमन्त्रीज्यूसँग आजै भेटेर परामर्श गरेको छु’, महराले भने, ‘सरकारले विजनेश दिनेवित्तिकै हामी आफ्नो जिम्मेवारीअनुसार काम गर्छौं ।’

राष्ट्रिय पोशाकका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफमा सभामुख महराले भने, ‘दौरा सुरुवाले नेपालीहरूको पहिचान हो । यो पोशाक मलाई सानैदेखि मन पर्थ्यो । अहिले लगाए । कुनै बेला लगाइन ।’ उनले राष्ट्रिय पोशाकका रुपमा आफूले दौरा सुरुवाललाई लिएको बताए ।

Published : Monday, 2018 March 12, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया