दुई महिलाद्वारा एघार लाखको ब्रा चोरी
लसएञ्जलस । अमेरिकामा दुईजना महिलाले ११ लाख रुपैयाँभन्दा धेरै मूल्यका ब्रा चोरेका छन् ।
क्यालिफोर्नियामा दुईजना महिलाले भिक्टोरिया सेक्रेट फेसन हाउसबाट ११ हजार डलर मूल्यका वक्षकवच चोरी गरेका हुन् । वक्षकवच चोरी गर्ने ती महिलालाई पुलिसले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २२ वर्षकी ब्लेका थालिया क्विन्तेरो र १९ वर्षकी एन्टाने रहेको बताइएको छ । ती महिलाहरुले भिक्टोरिया सेक्रेटको स्टोरका महिला कर्मचारीलाई पेपर स्प्रे छर्किएर लुटपाट गरेका थिए ।
उनीहरूलाई चोरी गरेर भाग्दै गर्दा पुलिसले पक्रिएको हो । पुलिसले चोरी गरिएका ११ लाखका ब्रा बरामद गरेको छ ।
दुबै महिलामाथि डकैती तथा अपराधका लागि अश्रु ग्यासको प्रयोग गरी गैरकानूनी रुपमा अश्रुग्यास आफूसँग राखेको समेतको आरोपमा मुद्दा चलाइएको छ । – एजेन्सी
यसमा तपाइको मत