गणेश लामालाई फसाउन खोजेपछि कांग्रेसद्वारा प्रदर्शन, बनेपामा झडप

बनेपा । नेपाली कांग्रेस काभ्रेले आफ्ना नेता गणेश लामाको रिहाइ माग गरेर बनेपामा प्रदर्शन गरेको छ ।

काठमाडौं प्रहरीले हतियार राखेको अभियोगमा तीन दिन अगाडि पुराना गुण्डा नाइके लामालाई पक्राउ गरेको थियो । लामाले प्रहरीको आरोपको खण्डन गर्दै आएका छन् । लामाले आफूलाई गोली हान्न आएको समूहबाट पेस्तोले खोसेको दाबी गर्दै आएका छन् ।

लामालाई रिहाइको माग गरेर काभ्रे कांग्रेसले शनिबार साँझ बनेपामा राँके जुसुल निकालेको छ । राँके जुलुस निकालेका बेला कांग्रेसका नेता तथा कार्यकर्ताले प्रहरी प्रशासनको ज्यादती विरुद्ध नारावाजी गरेका थिए ।

कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोज्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार केही समय तनावग्रस्त बनेको थियो ।

बुधबार राति गौशलास्थित होटल पशुपति भिजनमा गोली चलेको थियो । लामो को साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली बरामद गरेको दाबी गर्दै आएको छ । तर, लामाले पेस्तोल र गोली आफ्नो नरहेको भन्दै अस्वीकार गर्दै आएका छन् ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ ।

Published : Saturday, 2018 March 17, 7:58 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया