मन्त्री तामाङले कहाँबाट ल्याए यति धेरै सुन ?

काठमाडौं । कानूनमन्त्री शेरबहादुर तामाङले ३० तोला सुनसहितको सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सिंहदरबारस्थित कानून मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

मन्त्री तामाङले पुर्खौली सम्पत्ती सिन्धुपाल्चोकमा रहेको जानकारी दिए । उनले सार्वजनिक गरेको सुनको बजार मूल्य करिव १७ लाख पर्न आउँछ । उनको सबै सम्पत्तीको मूल्य करोडौँ हुन्छ । मन्त्री तामाङले सुनको स्रोत खुलाएका छैनन् ।

पत्नी उषाकला राईको नाममा काठमाडौंमा घर, मोरङ जिल्लामा साढे तीन विघ जग्गा, खोटाङमा १०५ रोपनी जग्गा तथा आफ्नो नाममा काठमाडौंमा तीन आना जग्गा रहेको मन्त्री तामाङले बताए ।

४० लाख कृषि विकास बैंकमा ऋण देखाएका उनले विभिन्न व्यक्तिलाई ३० लाख ऋण तिर्न रहेको पनि बताएका छन् । मन्त्री तामाङले १५ लाख बराबरको शेयर रहेको पनि उल्लेख गरेका छन् । मन्त्री तामाङसँग एउटा ओपल गाडी पनि रहेको सम्पत्ती विवरणमा जानकारी दिइएको छ ।

कानूनका क्षेत्रमा आफूले गर्ने कामहरूको सूची बनाएको जानकारी दिँदै उनले १६ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताएका उनले मुख्यसचिवदेखि खरिदारसम्मले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताए ।

‘अबदेखि न्यायाधीशहरूले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ’, उनले भने ।

Published : Monday, 2018 March 19, 6:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया