कांग्रेस संसदीय दलको नेतामा शर्मा निर्विरोध

बुटवल । नेपाली कांग्रेस प्रदेश नम्बर ५ को संसदकै जेष्ठ सदस्य वलदेव शर्मा संसदीय दलको नेतामा चयन भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणको उपस्थितिमा प्रदेश सभाका सदस्यहरूको बैठकबाट शर्मा निर्विरोध दलको नता चयन भएका हुन् ।

५ जनाको उम्मेद्वारी दर्ता भएकोमा सोमबार अन्तिम समयमा रुपन्देहीका फकरुद्धिन खा, कपिलवस्तुका बीरेन्द्र कुमार कनौडिया, पाल्पाका बीरबहादुर राना र दाङका डिल्लीबहादुर चौधरीले उम्मेद्वारी फिर्ता लिएका थिए ।

गत फागुन ६ गते संसदीय दलको नेता चयनका लागि उमेद्वारी दर्ता गर्दा ५ जनाको उम्मेद्वारी परेपछि सहमतिका लागि पटकपटक मतदानको कार्यक्रम स्थगित गरीएको थियो ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका शर्मा प्रदेश ७९ वर्ष पुगे । शर्माले सभामुख चयन नहुँदासम्म प्रदेश सभामा सभामुखको भूमिका निर्वाह गरेका थिए ।

Published : Monday, 2018 March 19, 7:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया