दुई सदस्य नआएपछि राजपाको बैठक प्रभावित

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

अध्यक्ष मण्डलका दुई जना सदस्यहरू अनिल झा र शरदसिंह भण्डारी बैठकमा उपस्थित् हुन नसक्ने भएपछि आज बस्ने भनिएको बैठक स्थगित् गरिएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल हुने बुझिएको छ । का–को मन्त्री बन्ने ? भन्ने होडबाजी अहिले राजपाभित्र चलेको छ ।

स्रोतका अनुसार मन्त्री यतिवेला तीन जना अध्यक्ष मण्डलका सदस्यहरू क्रमशः राजेन्द्र महतो, राजकिशोर यादव र शरदसिंह भण्डारी नै दौडधुपमा छन् ।

पार्टीलाई संघीय ढाँचामा कसरी लैजाने, संसदीय दललाई कसरी बलियो बनाउने ? २ नम्बर प्रदेशमा राज्यमन्त्री क–कसलाई नियुक्ति गर्ने भन्नेबारे पनि छलफल भएको छ ।
अध्यक्ष मण्डलका सदस्य झा काठमाडौं बाहिर छन् । अर्का सदस्य भण्डारी बिरामी भएर अस्पतालमा छन् ।

Published : Tuesday, 2018 March 20, 4:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया