एमाले–माओवादीको अन्तरिम विधान तयार

काठमाडौं । वाम एकताका लागि अन्तरिम राजनीतिक प्रतिवेदन तयार गर्न गठित उपसमितिले प्रारम्भिक मस्यौदा तयार गरी मूल समितिलाई बुझाएको छ ।

कार्यदलले एमालेले अँगाल्दै आएको जबज र माओवादी केन्द्रले अँगाल्दै आएको माओवादको सिद्धान्तमा सहमत भएका विषयहरू बुँदागत रुपमै टिपेर संयुक्त मस्यौदा तयार गर्न चार सदस्यीय समिति समेत गठन गरेको थियो ।

मस्यौदा तयार गर्न गठित नारायणकाजी श्रेष्ठ, भीम रावल, प्रदीप ज्ञवाली रहेको समितिले मूल समितिलाई प्रारम्भिक मस्यौदा बुझाएको हो ।

कार्यदलको आइतबार बस्ने बैठकले त्यसलाई अन्तिम रुप दिनेछ । बुधबार एमाले मुख्यालय धुम्बाराहीमा बसेको कार्यदलको बैठकमा उपसमितिले प्रारम्भिक प्रतिवेदन कार्यदललाई बुझाएको हो ।

Published : Thursday, 2018 March 22, 5:53 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया