घोराहीका मेयर नरुलालले देखाए एमालेको ‘पावर’, दुई पत्रकार पक्राउ

घोराही । दाङ जिल्लास्थित घोराही उपमहानगरपालिकका मेयर नरुलाल चौधरीको ठाडो आदेशमा प्रहरीले दुईजना पत्रकार र एक महिलालाई पक्राउ परेको छ ।

दुई दिन अगाडि वातावरण प्रदुषण गरेको भन्दै स्थानीयले सगरमाथा सिमेन्ट उद्योग विरुद्ध पत्रकार समक्ष अभिव्यक्ति दिएका थिए ।

पत्रकारसँग कुरा गर्ने सुनपुरकी महिला संगीता खनाललाई समेत मेयर चौधरीले पक्राउ गर्न लगाएको पीडित पक्षको आरोप छ । समाचार सामाग्री बनाउने दाङका पत्रकारद्वय विष्ण सापकोटा र सागर थापालाई प्रहरीले पक्राउ गरेपछि पत्रकार सम्बन्ध संघसंस्थाले सो विषयमा चासो देखाएका छन् ।

मेयर चौधरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका निकटका व्यक्ति हुन् । चौधरी पोखरेल गुटका नेता मानिन्छन् ।

मेयर चौधरीको पक्षबाट बलराम पौडेलले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । उनको उजुरी र मेयर चौधरीको दवावमा प्रहरीले पत्रकारद्वय सापकोटा र थापा तथा संगीता खनाललाई पक्राउ गरेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय दाङकी प्रमुख एवम् एसपी दुर्गा सिंहले मेयर नरुलाल चौधरीलाई गाली बेइज्जती गरेको विषयमा उजुरी परेपछि अनुसन्धानका लागि दुईजना पत्रकार र एक महिलालाई पक्राउ गरिएको जानकारी दिइन् ।

‘छलफल चलिरहेको छ’, एसपी सिंहले भनिन्, ‘कुरा मिल्यो भने उनीहरूलाई छाड्छौँ होइन भने थुनामा राखेर कारबाही हुन्छ । समाचारमा कसैको गाली बेइज्जती गर्न पाइँदैन कि ?’

सगरमाथा सिमेन्ट र मेयर चौधरीविरुद्ध समाचार लेखेकै भरमा पत्रकारद्वय सापकोटा र थापा तथा सुनुपरकी महिला संगीता खनालाई प्रहरीले पक्राउ गरेपछि स्थानीयले मेयरको कार्यकक्षमा घेराउ समेत गरेका छन् ।

घोराही उपमहानगरपालिकाको गोग्लीमा रहेको सगरमाथा सिमेन्टले मापदण्ड विपरित उत्पादन गरेका कारण वातावरण प्रदुषण भएको भन्दै स्थानीयले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । तर, स्थानीयको माग र विरोधको सम्बन्धित पक्षबाट सुनुवाइ हुने गरेको छैन ।

Published : Friday, 2018 March 23, 5:02 pm

1 प्रतिकृया प्राप्त “घोराहीका मेयर नरुलालले देखाए एमालेको ‘पावर’, दुई पत्रकार पक्राउ”

  • आफै बोक्सी आफै धामी । तिनै जनताले हिजो सिमेन्ट उद्धोघ लाई जग्गा दिने आज तिनै जनताले हटाउनु पर्यो भनेर आन्दोलन गर्ने लाजमर्दो कुरो हो।तेहि उद्द्योगको कारण कति जनताको आयस्तरमा वृद्धि आयको छ त्यो मुल्यांकन कसैले गरेको देखियन।कसैले एस्तो कुरालाइ मिडियामा ल्यायर उचाल्ने र खसाल्ने काम गर्नु भनेको दाजु सङ नसकेर भाउजू सङ खोरे खोरे भने जस्तै हो।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया