राजपालाई प्रधानमन्त्री ओलीको आकर्षक प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले टीकापुर हत्याकाण्डका प्रमुख दोषीका रुपमा पक्राउ परेका सांसद रेशमलाल चौधरीको रिहाइ माग गरेका छन् ।

ललितपुरमा एउटा एनजिओले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले चौधरीलाई रिहाइ गरेर सांसद पदको शपथ गराउन माग गरे ।

अध्यक्ष ठाकुरले वर्तमान सरकारमा सहभागी हुन प्रधानमन्त्रीबाट प्रस्ताव आएको बताए । ‘सरकारमा सहभागी हुन राजपालाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ’, उनले भने, ‘तर यसबारे कुनै छलफल अगाडि बढेन/बढाइएन ।’

‘हाम्रो प्रमुख मुद्दाहरू संविधानको संशोधन हामी पीडितमाथि नै लगाइएका झुठा मुद्दाहरूको वापसी पहिला हुनुपर्छ भनेर पहिले नै स्पष्ट गरेका हौं’, ठाकुरले भनेका छन्, ‘त्यसबारेमा सरकार प्रष्ट नभएसम्म राजपा सरकारमा जाने कुरा अगाडि बढ्दैन ।’

Published : Wednesday, 2018 March 28, 5:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया