इक्यानमा कमजोर उम्मेदवारभन्दै पाण्डे समूहभित्र विद्रोह

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को नयाँ कार्यसमिति चयनका लागि वैशाख ८ गते निर्वाचन हुँदैछ ।

यस पटक दुई प्यानवीच प्रतिस्पर्दा हुने देखिएको छ । वर्तमान अध्यक्ष प्रकाश पाण्डेले इक्यानमा दोश्रो कार्यकाल खान इच्छुक देखिएका छैनन् ।

पाण्डेले आफ्नै समूहबाट निर्वाचित वर्तमान उपाध्यक्ष तथा रोयल एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेलाई अगाडि सारेका छन् । यसअघि विष्णुहरि पाण्डेसँग प्रतिस्पर्धा नेक्कोटेक टेक्नोलोजिका सरोजकुमार बस्नेत यो पटक पनि उमेद्वारी दिने तयारी गरेका छन् ।

दुुबै पक्ष प्यानलनै बनाएर निर्वाचनमा भिड्ने तयारी गरिरहेको एक सदस्यले बताए । दुई वर्ष अगाडि निर्वाचित पाण्डे नेतृत्वको वर्तमान कार्यसमितिको समय यही फागुनमा सकिएको छ ।

पाण्डे समूहले विष्णुहरि पाण्डेको अध्यक्षतामा पूर्वकोषाध्यक्ष शालिकराम भण्डारी, यशोदा भट्टराई र बर्तमान कोषाध्यक्ष खड्ग लिम्बुलाई उपाध्यक्षमा अगाडि सारेको छ ।

अर्को समूहले सरोज बस्नेतको अयक्षतामा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र रिजाल, पूर्वमहासचिव महेशबाबु तिमल्सिना, वर्तमान सचिव उमेश ढुंगेललाई उपाध्यक्षलाई मैदानमा ल्याएको छ । बस्नेत समूहले महासचिवमा वर्तमान महासचिव सन्तोष प्याकुरेललाई अगाडि सार्ने तयारी गरेको छ ।

पाण्डे समूहले महासचिवमा तय गरिसकेको छैन । यद्यपि वर्तमान प्रथम सचिव देवीदास भट्टराईले बस्नेत समूहबाट महासचिवमा दावी गरिरहेका छन् । अध्यक्ष पाण्डे भने शेषराज भट्टराईको पक्षमा देखिएका छन् ।

प्रिमियर कलेज, एभरेष्ट कलेज, कोलम्बस कलेज लगायत आधा दर्जन कलेजका संचालक रहेका अध्यक्षका प्रत्यासी विष्णुहरि पाण्डे इक्यानमा समय दिन नसक्ने व्यवसायीका रुपमा आलोचित छन् । विष्णुहरिले चौधरी ग्रुपसंगको सहकार्यमा अटोमोवाइल्स व्यवसायमा हातहालेका छन् ।

विष्णुहरि व्यवसायीको रुचिमा नरहेको इक्यानका पाण्डे समूहकै एक सदस्यले बताए । विष्णुहरिले आफ्नो नाममा कन्सल्टेन्सी राखे पनि कन्सल्टेन्सीको सबै काम उनका भाई कृष्णहरि पाण्डेले गर्दै आएका छन् ।

एमालेका राजनीतिमा सक्रिय रहेका विष्णहरि पाण्डे एमाले विदेश विभागको सदस्य समेत हुन् । एमालेको पार्टी राजनीतिमा प्रोफाइल बनाउन विष्णहरिले इक्यानमा भिड्न लागेको आरोप छ । विष्णुहरिको पक्षमा मतदाता व्यवसायीहरू रहे पनि इक्यान कमजोर र वामपन्थीहरूको पकडबाट बाहिरिने हो कि भनेर एमालेकै केही व्यवसायीहरू उनको विपक्षमा खुलेरै लागेको स्रोतले जनाएको छ ।

सरोज बस्नेत नेपाली कांग्रेसप्रति झुकाव राख्छन् । बस्नेतले आफै कन्सल्टेन्सी हाँकेर बसेका छन् । बस्नेत व्यवसायिक व्यक्ति भएकाले इक्यानलाई राम्रोसँग डोराउने हुन् कि भन्ने अपेक्षा व्यवासयीहरूको छ ।

एमालेका नेता राजेन्द्र पाण्डेका छोरा समेत रहेको प्रकाश पाण्डेले भन्दा विष्णुहरि पाण्डेले इक्यानलाई चलाउन नसक्ने मतदाताहरूकै भनाइ छ । एमाले समूहले विष्णुहरि पाण्डेलाई कमजोर उम्मेदवारका रुपमा लिएको आरोप छ ।

Published : Monday, 2018 April 2, 5:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया