फास्ट ट्रयाक विरोधलाई माओवादीको साथ

काठमाडौं । माओवादी केन्द्रले फास्ट ट्रयाक निर्माणमा सरकारले ललितपुरक स्थानीयसँग कुरा नगरेको भन्दै आपत्ति जनाएको छ ।

माओवादीले घुमाउरो भाषामा फास्ट ट्रयाकको विरोध गरेको हो ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समयमा बोल्दै माओवादी सांसद एवम् प्रवक्ता पम्फा भुसालले ललितपुरको खोकनाका स्थानीयसँग छलफल नगर्दा फास्ट ट्रयाकमा विभिन्न बाधा परेको बताइन् ।

‘कर्मचारीहरूले एकतर्फी रुपमा फास्ट ट्रयाकको खाका बनाउँदा खोकनाको एउटा पुरातत्वसम्बन्धी गाउँनै संकटमा परेको छ’, उनले भनिन्, ‘यस विषयमा सरकारले ध्यान दिनुपर्छ ।’

खोकनालाई फास्ट ट्रयाकले समस्या बनाएको भन्दै स्थानीयका साथै संयुक्त राष्ट्रसंघका कर्मचारी र आइएलओमा कार्यरत कर्मचारीहरूले केही दिन अगाडि फास्ट ट्रयाकको विरोध गर्दै सडक प्रदर्शन गरेका थिए ।

उनीहरूको आन्दोलनलाई फाइदा पुग्ने गरेर माओवादी सांसद भुसालले संसदमा कुरा राखेकी हुन् ।

Published : Tuesday, 2018 April 3, 3:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया