ओलीको भ्रमणबारेमा कांग्रेसले पहिलो पटक मुख खाल्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा भएको सम्झौता देशको हितमा भए मात्रै स्वागतयोग्य हुने टिप्पणी गरेको छ ।

कांग्रेसले नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित राख्नुपर्ने भन्दै छिमेकी मुलुकमा भएको समृद्धि भित्र्याउन उत्तेजनाभन्दा पनि सन्तुलिन अभिव्यक्ति आवश्यक पर्ने बताएको हो ।

कांग्रेस नेता दीपक गिरीले देशको हितमा हुने सम्झौताहरूको कांग्रेसले सधैं स्वागत गर्ने बताए । वर्तमान कम्युनिष्ट सरकारले कामभन्दा पनि धेरै गफ गर्न थालेको बताए ।

गिरीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको ‘वान टु वान’ वार्तामा के भयो भन्ने कुरा महत्वपूर्ण भएको र विस्तारै खुल्दै जाने बताए ।

कांग्रेसका अर्का नेता तथा पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले भारत भ्रमणका क्रममा भएका सन्धि र सम्झौतामा कुनै खास नयाँ कुरा नभएको बताए ।

भारतको नेपालसँगको रेलसम्बन्ध स्थापित गर्ने विषय पुरानै सरकारसँगको सहमतिको निरन्तरता भएको समेत उनले बताए ।

नेपाललाई सागरसँग जोड्ने भन्ने विषयमा पनि नयाँ कुरा केही नभएको महतले बताएका छन् । नेपालसँगको पारवहन सम्झौता रहिनैरहेको भन्दै भएको विषयलाई सहजीकरण गर्नु भने जायज भएको बताए ।

Published : Sunday, 2018 April 8, 10:59 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया