कांग्रेसको असल नीतिले ६२ प्रतिशत राजस्व वृद्धि : प्रवक्ता शर्मा

काठमाडौं । सरकारले ल्याएको श्वेतपत्रले देश र जनतालाई गुमराहमा राखेको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरूलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।

‘श्वेतपत्र निश्चित कालखण्डको छायाँ चित्रका रुपमा इमान्दार ढंगले प्रस्तुत भएको छैन’, उनले भने, ‘कुन निश्चित कालखण्डको तथ्याकं र चित्र प्रस्तुत गर्दा बढी नकारात्मक सम्प्रेषण गर्न सकिन्छ भन्ने मनशायले प्रेरित देखिन्छ श्वेतपत्रको प्रस्तुति ।’

सरकारले नैतिक इमान्दारिताभन्दा पर गएर संगतिरहित सन्दर्भहरू गाँसेर तयार पारिएको भन्दै कांग्रेसले स्वेतपत्रलाई ‘अवौद्धिक र अव्यवसायिक मुचुल्का’ भनेको छ ।

स्वेतपत्रमार्फत सरकारले मुलुकको ढुकुटी रित्तो रहेको सन्देश दिन खोजेपनि सरकारी ढुकुटीमा ३ खर्बभन्दा बढी बजेट रहेको भन्दै कांग्रेसले अहिलेको सरकारले कांग्रेसलाई ढुकुटी रित्याएको आरोप लगाउनमात्र खोजेको बताएको छ ।

‘कांग्रेसले हामीलाई रित्तो ढुकुटी सुम्पिएको थियो भन्ने छवि स्थापना गर्न चाहेको प्रोपोगण्डा केही दिनभित्रैमा झुठ प्रमाणित भइसकेको छ’, प्रवक्ता शर्माले भनेका छन् ।
कांग्रेस प्रवक्ता शर्माले वितेको २५ वर्षमा राजस्व वृद्धि ६२ गुणाले वृद्धि भएको भन्दै त्यो कांग्रेसको अर्थनीतिको उपलब्धी भएको दावी गरे ।

पछिल्लो १० वर्षमा ७६ प्रतिशत समय मुलसकमा गैरकांग्रेसी नेतृत्व रहेको भन्दै कांग्रेसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरू नै जिम्मेवार रहेको आरोप लगाएको छ ।

श्वेतपत्रका नाममा सरकारले इतिहास आजबाट सुरु हुन्छ भन्ने देखाउन खोजेको कांग्रेसको आरोप छ ।

Published : Monday, 2018 April 9, 6:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया