यी हुन् युवती हत्या गरेर भागेका सल्यानका शर्मा, भारतमा पक्राउ

काठमाडौं । काठमाडौं युवती हत्याका फरार अभियुक्त सल्यानका गोपाल शर्मा दुई सातापछि भारतमा पक्राउ परेका छन् । पक्राउ परेका शर्मालाई काठमाडौं ल्याइएको छ ।

गोङ्गवुस्थित भूमेश्वरी होटेलको कोठा नम्बर २०३ मा चैत २३ गते चितवन घर भएकी एक युवतीको शव फेला परेको थियो । युवतीसँगै होटल पुगेका शर्मा भने फरार थिए ।

फरार शर्मालाई प्रहरी खोजी सूचीमा राखेको थियो । शर्मा पक्राउसँगै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Published : Sunday, 2018 April 15, 11:16 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया