भेदभाव नगरेर सेवा दिन आइजीपी खनालको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिकलाई दिने सेवालाई विभेद नगर्न आफू मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन् ।

आइतबार प्रहरी क्लब भृकुटीमण्डपमा उपत्यकाभरिका कार्यरत प्रहरी कर्मचारीलाई ब्रिफिङ गर्दै आइजीपी खनालले समस्या ल्याएर प्रहरी कार्यालयमा आउने व्यक्तिलाई समान व्यवहार गर्न निर्देशन दिएका हुन् । खनालले उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीलाई ब्रिफिङ निर्देशन दिएका छन् ।

प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली भएकाले यसलाई अन्त्य गर्दै समान व्यवहार गर्ने निर्देशन दिएको निर्देशनमा सहभागी एक प्रहरी अधिकृतले जानकारी दिए ।

Published : Sunday, 2018 April 15, 4:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया