युएईमा ठकुरीहरूले बनाए सहयोग सञ्जाल

युएई । युएईमा ठकुरी समुदायको साझा मञ्च ‘ठकुरी सहयोग सञ्जाल’ गठन भएको छ ।

सञ्जालको पहिलो अधिवेशनले अध्यक्षमा पाल्पाका भीमबहादुर मल्ल निर्वाचित गरेको छ । शुक्रबार दुबईस्थित बरदुबईमा भएको सञ्जालको प्रथम अधिवेशनले सबै पदाधिकारी र सदस्य समेत गरेर २२ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

सञ्जालको वरिष्ठ उपाध्यक्षमा कोहलपुरका दीपक शाही चयन भएका छन् । उपाध्यक्षहरूमा सी.एन. चन्द र दिनेश मल्ल ठकुरी चयन भएका छन् भने महासचिवमा जीवन सिंह ठकुरी निर्वाचित भएका छन् ।

सचिवमा दिनेश मल्ल र जितु उचाई ठकुरीलाई अधिवेशनले चयन गरेको छ । कोषाध्यक्ष र सहकोषाध्यक्षको जिम्मेवारी क्रमशः शारदा शाह र चन्दा शाही सेन दिइएको छ ।

सञ्जालको सदस्यमा त्रिलोचन चन्द, सुरज शाह, सुनिलजंग मल्ल, हिमालजंग शाही, लोकबहादुर वंशी, तप्तबहादुर शाही, राम सेन ठकुरी, मीना शाही, नरेश सेन ठकुरी, पूर्णबहादुर शाही, बलिन्द्र मल्ल, विश्वबम मल्ल र अरुण बिक्रम शाह रहेका छन् ।

शिलेट ट्राभल एण्ड टुर्सका संचालक नरेश सेनको संरक्षकत्वमा युएई शाखाले ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिमा लोकेन्द्रबहादुर बम, विश्वदेव शाह, तारा मल्ल, केभिनजंग शाही, गगन शाही, भीम हमाल र लेम मल्ल रहेका छन् ।

प्रथम अधिवेशनमा ठकुरी सहयोग सञ्जालका केन्द्रीय अध्यक्ष रेशमजंग शाह, सल्लाहकार कविता शाह र उपत्यका इञ्चार्ज हिमाल मल्लको उपस्थिति रहेको थियो ।

अधिवेशनमा नेपाली समाजका अध्यक्ष सी.पी. सापकोटा, नेपाली जनसम्पर्क समितिका सभापति चित्रबहादुर केसी, एनआरएन आबुधावी क्षेत्रीय कमिटीका अध्यक्ष दुर्योधन कार्की, प्रदेश नं. ५ सम्पर्क समिति यूएइका महासचिव खगेन्द्र पराजुली, दाङ–देउखुरी समाजका उपाध्यक्ष सूर्यबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

Published : Monday, 2018 April 16, 5:04 pm

2 प्रतिकृया प्राप्त “युएईमा ठकुरीहरूले बनाए सहयोग सञ्जाल”

  • पाल्पाका हैनन भिम बहादुर मल्ल अहिले सम्म स्याङ्जाकै हुन । जानकारी को लागी मात्र कमेन्ट गरे है ।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया