भारतीय कन्सुलरको कार्यालयमा मध्यराति हमला
काठमाडौं । विराटनगरस्थित भारतीय कन्सुलरको कार्यालयमा अपरिचित समूहले बम विस्फोट गराएको छ ।
सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस्फोटबाट कुनै पनि मानवीय क्षति भएको छैन ।
बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन । यद्यपि बम विस्फोट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गराएको हुन सक्ने उच्च सुरक्षा स्रोतको भनाइ छ ।
भारतीय पक्षलाई नेकपाले आफ्नो निशाना बनाउँदै आएको छ । सो कार्यालय हटाउन विभिन्न कम्युनिष्ट पार्टीहरूले लामो समयदेखि माग गर्दै आएका छन् ।
Published : Monday, 2018 April 16, 9:40 pm
यसमा तपाइको मत