गृहमन्त्रीको ‘पावर’सहित अपराध महाशाखा पुगे एसएसपी सिंह

काठमाडौं । एसएसपी धिरजप्रताप सिंहले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको जिम्मेवारी पाएका छन् ।

वागमती अञ्चल कार्यालय काभ्रेमा रहेका सिंहलाई प्रहरी मुख्यालयले अपराध महाशाखा काठमाडौंको जिम्मेवारी दिएको हो । स्रोतका अनसार एसएसपी सिंहले राजनीतिक पावर लगाएर महाशाखा हत्याएका हुन् ।

यसअघि एसएसपी सिंहले पर्सा र दाङ जिल्लामा प्रमुखको जिम्मेवारी सम्हाली सकेका छन्

दाङमा रहँदा एसएसपी सिंहले विवाहित एक युवतीलाई थुनामा राखेका कारण विवादमा तानिएका थिए । केटा पक्षका आमाबाबुको दवावमा सिंहले ती युवतीलाई एक रात थुनामा राखेर केटा र केटीलाई छुटाउन खोजेको आरोप पीडित पक्षले त्यस बेला लगाएको थियो ।

सिंहले त्यस बेला गरेको अन्या र भेदभावका कारण अहिलेसम्म ती युवतीले पति र घरपरिवारबाट अपहेलना सहनु परेको छ ।

यसअघिका एसएसपी दिवस लोहनी सुन काण्डमा कारबाही स्वरुप हेडक्वाटर तानिएपछि काठमाडौं प्रहरीको अपधराध महाशाखा खाली थियो । लोहनी हेडक्वाटर तानिनेवित्तिकै सिंहले शक्ति केन्द्र धाउन थालेका थिए ।

Published : Tuesday, 2018 April 17, 11:36 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया