देउखुरीका शाही ‘ल’ क्याम्पसबाट पक्राउ, यस्ता छन् आरोप

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसबाट बुधबार शाही र केन्द्रीय सदस्य ललित बिकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई शान्ति सुरक्षाका साथै विभिन्न हिंसात्मक क्रियाकलापमा संलग्न रहेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महासचिव शाही दाङको राप्ती गाउँपालिका नयाँवस्ती निवासी हुन् । घोराहीमा हालै सम्पन्न अधिवेशनबाट महासचिवमा मनोनीत भएका थिए ।

यसअघि शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमा कालोमोसो दलेको अभियोगमा कारबाहीमा परेर छुटेका थिए ।

Published : Thursday, 2018 April 26, 8:25 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया