तथ्याङ्क संकलन गर्दै राप्ती गाउँपालिका

मसुरिया । दाङको राप्ती गाउँपालिकाको वस्तुुगत विवरण तथा एकीकृत ग्रामीण विकास योजना तयारीका लागि तथ्याङ्क संकलन सम्वन्धि तालिम सुरु भएको छ ।

तथ्याङ्क संकलनका लागि गणकहरूलाई घरदैलोमा पठाउनु पूर्व २ दिने तालिमको आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुुवेदीले गाउँपालिकाको विकास र प्रवर्द्धनका लागि तथ्याङ्क संकलन सुरु गरिएको बताए ।

वस्तुुगत विवरण तथा एकीकृत योजना तर्जुुमा कार्यमा सबै खालको सहयोग, गणकहरूलाई आफ्नो घर गाउँ टोलको सहि जानकारी एवम् सूुचना प्रदान गरिदिन अध्यक्ष सुवेदीले आग्रह गरे ।

‘तथ्याङ्क संकलन गर्न जाने सबै गणकले ईमान्दारिता पूर्वक सहि सूचना संकलन गर्नुपर्छ’, उनले भने, ‘सहि तथ्याङ्क आउन सकेन भने त्यसले गाउँपालिकाको विकास र समृद्धिमा ठूलो नोक्सानी पुर्‍याउनेछ ।’

राप्ती गाउँपालिका दाङ र नामसालिङ सामुुदायिक विकास संस्था ईलामको संयुुक्त आयोजनामा शनिवार तालिम आयोजना गरिएको हो ।

कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष जगदम्वाकुमारी चौधरीले गणकहरू सहि सूचनाको संवाहक भएको बताइन् । उनले राप्ती गाउँपालिकको सहि विवरण ल्याउन गणकहरूलाई निर्देशन दिइन् ।

३६ जना युवा युवतीलाई तथ्याङ्क संकलनको लागि तालिम दिन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए ।

Published : Saturday, 2018 May 5, 2:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया