किन यति कमजोर बन्यो प्रचण्डको अभिव्यक्ति ?

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दलहरू सत्ता पक्ष र प्रतिपक्षको रुपमा बिभाजित हुन नहुने बताएका छन् ।

पोखरामा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले देशको विकासका लागि सबै सत्तापक्ष हुनुपर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले विकास, समृद्धि र स्थायीत्वका लागि सत्ता पक्ष र प्रतिपक्ष मिलेर जानुको विकल्प नभएको बताए ।

उनले भूकम्पपछि देश संकटमा परेको बेला आफूले सत्तापक्ष र प्रतिपक्षबीचको खाडल भत्काएको दाबी गरे । उनले भने, ‘अहिले पनि सत्तापक्ष र प्रतिपक्ष बिभाजित हुनुहुँदैन, विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्छ ।’

प्रतिनिधि सभा निर्वाचनपछि एमालेसँग अलग भएर पोखरामा कार्ल मार्क्सको जयन्त मनाएका दाहालले प्रतिपक्ष दलहरूलाई फकाउने किसिमले अभिव्यक्ति दिएका छन् । उनको यो अभिव्यक्तिलाई एमालेसँग चिसिएको सम्बन्धका विषयमा एक माओवादी नेताले बताए ।

त्यति मात्रै होइन माओवादीले संसदको नियमावलीमा पनि नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरूलाई साथ दिएको छ ।

Published : Sunday, 2018 May 6, 12:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया