कोरियामा कांग्रेसको संगठन, आस्थाले पाइने जिम्मेवारी

दक्षिण कोरिया । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल निर्वाचित भएकी छ्न् ।

सोलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापति पदका प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मतअन्तरले पराजित गर्दै मल्ल निर्वाचित भएकी हुन् ।

अधिवेशन गराउन नेपाली कांग्रेसका नेताहरू महेन्द्र यादव, गगन थापा र गोविन्द भट्टराई सोल आइपुगेका थिए । दुई पटक अध्यक्षमा पराजित मल्लले यसपटक भने बाजी मार्न सफल भएकी हुन् ।

निर्वाचनमा १ सय ५८ मत खसेको थियो । ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

सभापतिमा विजयी आस्थाविन्दु मल्लले ९६ मत पाएकी थिइन् भने भजिन्द्र क्षेत्री ५९ मत पाएका थिए । उपसभापतिमा जितेन्द्र महता, लक्ष्मण दाहाल, सुभाष योगी विजयी भएका छन् ।

महामन्त्रीमा कुमार थापा, सह–महामन्त्री मित्रबन्धु काफ्ले, कोषाध्यक्षमा केपी चौलागाई विजयी भएका छन् ।

सदस्यहरूमा पुष्कर राज भट्ट, रत्न लिंथेप, योगेन्द्र भट्टराई, ध्रुब पाण्डे, सीताराम तिमल्सिना, पूर्ण बरुवाल, खेमराज देवकोटा र मनोज थापा विजयी भएका छन् ।

Published : Monday, 2018 May 7, 11:06 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया