धन्दावाल तीन क्रिश्चियनहरू ठाउँको ठाउँ पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जना क्रिश्चिनहरूलाई पक्राउ गरेको छ ।

परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौंकी राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

जागिर लगाई दिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै लक्ष्मीले वैशाख २१ गते प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पीडित लक्ष्मीलाई फूलदेवीले जागिर लगाई दिने भन्दै चर्चसम्म पु-याएकी र चर्चमा सुमित्राले बाइबलको पाठ सुनाउँदै आफ्नो दुवै हात जबर्जस्ती समातेर धर्म परिवर्तन गराउन खोजेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

Published : Monday, 2018 May 7, 6:16 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया