राप्रपा (प्रजातान्त्रिक)द्वारा धर्मनिरपेक्षता अस्वीकार

काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष पशुपति शम्शेर राणाले राजनीतिक कार्यपत्र पेश गरेका छन् । समग्र राजनीतिक विषयलाई समीक्षा गर्दै अध्यक्ष राणाले कार्यपत्र पेश गरेका हुन् ।

काठमाडौंमा सोमबारदेखि सुरु भएको राप्रपा (प्रजातान्त्रिक)को मंगलबारको बैठकमा अध्यक्ष राणाले पेश गरेको प्रतिवेदनमा समसामयिक विषय र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषय रहेको प्रवक्ता किरण गिरीले जानकारी दिए ।

राप्रपा (प्रजातान्त्रिक)ले राजनीतिक सिद्धान्त उदार संवर्धनवाद, संविधान र संवैधानिक व्यवस्थासंग सहकार्यको विषयलाई बैठकमा उठाएको छ । वर्तमान संविधान निर्माणमा तत्कालीन राप्रपाको सहभागिता रहेकाले धर्मनिरपेक्षता बाहेक संविधान कार्यान्वयनप्रति राप्रपा (प्रजातान्त्रिक) रचनात्मक र प्रतिबद्ध रहने विषय पनि प्रतिवेदनमा उल्लेख छ ।

समान वैचारिक धरातल भएका पार्टीहरूसंग मेलमिलाप, सहकार्य र सकेसम्म एकता नै गर्ने नीति राप्रपा (प्रजातान्त्रिक)ले बैठकबाट निर्णय गर्ने तयारी गरेको छ ।

राणाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर जाने विषयमा जोड दिएका छन् । राणाले कांग्रेसका कारण प्रजातन्त्रिक पार्टीहरूको पराजय भएको पनि बताएका छन् ।

राप्रपामा आएको विभाजन र कांग्रेसका कारण नै लज्जाजनक हार भएको उनले बताए । अध्यक्ष राणाले राप्रपा (प्रजातान्त्रिक)को पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताए । मुलुकमा बाम गठबन्धनको बर्चस्व कायम हुनुलाई आफूले स्वभाविकै रुपमा लिएको उनले बताएका छन् ।

तीन दिनसम्म चल्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारको गम्भीर समीक्षा गर्दै भावी योजना तय गरिनेछ ।

बैठकमा महामन्त्री सुनिलबहादुर थापा, ध्रुबहादुर थापा, बिक्रम पाण्डेले पनि निर्वाचनको समक्षी, पार्टीको गतिविधि लगायतका विषय समेटेर अलग अलग प्रतिवेदनहरू गरेका छन् ।

Published : Tuesday, 2018 May 8, 5:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया