कांग्रेसका विनोद चौधरीलाई राजपाको काउन्टर जवाफ

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले वाम गठबन्धनले प्रचार गर्ने अनुसारको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता आउन नसकेको भन्दै आलोचना गरेका छन् ।

आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसदको बिहीबारको बैठकमा छलफलमा भाग लिँदै सांसद यादवले वर्तमान सरकारसँग जनताले अपेक्षा गरे अनुसारका कार्यक्रम र अर्थ नीति आउन नसकेको बताए । उनले अर्थमन्त्री डा.युवराज खतिवडाको क्षमतामाथि प्रश्न समेत उठाए ।

‘जसरी यो विनियोजन विधेयकले त्यो विषय छुनुपर्ने थियो त्यतातिर ध्यान नपुगको हो कि जस्तो लाग्छ’, उनले भने, ‘०४७ सालदेखि आजसम्म अबलम्बन गरेका आर्थिक नीति सहि थियो कि थिएन वा पुनर्विचार गर्नुपर्ने हो भन्ने कुराको बहस आवश्यक्ता छ ।’

राजपा नेपालका सांसद यादवले उदारीकरणले कतै समस्या पो निम्ताएको हो कि भनेर छलफल अनिर्वाय भएको बताए । ‘हामीले आफ्नै मौलिक अर्थनीतिमा दिनुपर्छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले त्यतातिर ध्यान दिनुपर्ने हो । आर्थिक नीति त्रुटिपूर्ण भएकै कारण अर्थ घाटा भयो भन्नेबारेमा अर्थमन्त्रीले ध्यान दिएको देखिएन ।’

राष्ट्रवादी भाषण गर्ने हाम्रो बानीले धेरै समस्या आउने गरेको बताउँदै यादवले भने, ‘बिचारविनाको संगठन र रिसोर्सविनाको प्लाना काम लाग्दैन । आफ्नो मौलिक नीति र पहिचनाअनुसारको आर्थिक नीति बनाउनुपर्छ ।’

‘आफ्नै मालिक प्रकारको अर्थ नीति नल्याउने हो भने यो सरकार र विगतको सरकारमा के फरक छ ?’, प्रश्न गर्दै सांसद यादवले भने, ‘यो सरकारसँग चुनौती छ । अवसर पनि छ । हुन त पश्चिमा युनिर्भिटीको चिन्तनबाट बाहिर निस्किएका छैनौँ । पहिचानमा आधारित अर्थतन्त्र बनाउनुपर्छ ।’

पहिलो प्रथामकितामा शिक्षालाई राख्नुपर्ने सांसद यादवको भनाइ थियो । उनले शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको सुझाव दिए । ‘यो शिक्षा प्रणालीले कहीँ पुग्दैनौँ’, उनले भने, ‘प्रधानमन्त्रीले विद्यार्थी भर्ना गराउनु भयो । सिरहा, धनुषा र महोत्तरीको डाटा हेर्ने हो भने जुम्लाको बराबर साक्षरता छ । भर्ना त हुन्छ पढन सक्दैनन । सबैभन्दा धेरै पढाइ छाड्ने विद्यार्थी यी तीनलाई हेर्न सकिन्छ ।’ उनले कृषिलाई कसरी स्थायित्व गर्ने हो त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

परम्परावादी केन्द्रिकृत मानसिकता र चिन्तन देखा परेको भन्दै यादवले अर्थमन्त्री वास्तवमा अर्थसम्बन्धी ज्ञाता भएको र जनताको एउटा ठूलो भरोसाको कन्द्र रहेको भन्दै सांसद यादवले भने, ‘अर्थमन्त्रीले सोँचे अनुसारको आर्थिक नीति ल्याउन सक्नुभएन ।

‘सम्भावना बोकेको यो सरकार बलियो छ’, उनले भने, ‘बैचारिक र सैद्धान्तिक रुपले पनि अर्थमन्त्रीले कम्युनिष्टको सरकार प्रगतिशील अनुसारको अर्थ नीति ल्याउन सक्नु भएन ।’

छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीले खुलाबजारको वकालत गरेका थिए । उनले खुला बजार र उदारीकरणले मुलुकको विकास हुने दाबी गरेका थिए ।

Published : Thursday, 2018 May 10, 6:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया